दरबार हत्याकाण्डको छानविन गर्ने पाँच बाटो

तस्बिरः बिएल
  • दीपेन्द्रले मार्नै सक्दैनन्
  • ज्ञानेन्द्र शाह र पारस शाहले हुन् मारेका
  • विदेशी शक्तिले मार्‍यो

नारायणहिटी दरवारभित्र तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या, यूवराज दिपेन्द्र, निराजनसहित १० जनाको सामुहिक हत्या भएको थियो २०५८ जेठ १९ मा।

यो बिचमा दरबार हत्यालाई आधार बनाएका फिक्सन अनि दरबारभित्रै काम गरेकाहरुले ननफिक्सन पुस्तक पनि लेखे। बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले डकुमेन्ट्रीसमेत बनाए ।

१८ वर्ष भयो यो हत्याकाण्ड भएको। तर, अझै माथिका तीन विषयको बहस र आशंका अझै हराइसकेको छैन। सो हत्याकाण्डमा बाँचेकाहरूको बयान, दरवारले गठन गरेको आयोगको निष्कर्षमा दीपेन्द्रलाई नै घटनाको कारक देखाइएको छ। तर आशंका अझै उस्तै छ।

कारण - दरबार हत्याकाण्डकोविश्वसनीय ढंगले अझै अनुसन्धान हुनै सकेन। आएको प्रतिवेदन निक्कै सतही छ। शंका लागेकाको गतिविधि अहिले पनि शंकास्पद नै छ ।

बेलाबखत सरकारले दरबार हत्याकाण्डको छानविन गर्ने दावी गर्थे। हिजो गिरिजाप्रसाद कोइराला हुन् या, पुष्पकमल दाहाल सबैले यी दावी गरेकै हुन्। तर, छानविन अगाडि बढेन। अब त त्यो दावी गर्न पनि छाडिसके।

घटनाको १८ वर्षपछि पनि के दरबार हत्याकाण्डको छानविन शुरू गरेर अझै कायम आशंका हटाउन सकिन्छ त?

अझै यस्ता केही आधारहरू अझै देखिन्छन् जसका आधारमा अनुसन्धान अगाडि बढाउने हो भने केही मात्रामा भए पनि अहिलेसम्म कायम आशंका कम गर्न सकिन्छ।

१ मेडिकल रिर्पोट

दरबार हत्याकाण्डमा मारिएका कसैको पनि पोस्टमार्टम गरिएन। पोस्टमार्टम नगरिनुमा रत्न शाहको जोडबल प्रमुख रहेको दाबी गरिन्छ। तर, सत्य अझै खुलेको छैन। पोस्टमार्टम नगरे पनि मेडिकल रिर्पोटहरु भने अझै सुरक्षित हुन सक्छन्। जसको आधारमा छानविन अगाडि बढाउन सकिन्छ।

२. भौतिक प्रमाण

घटनास्थलमा बरामद भएका सामाग्रिको विधिविज्ञानमा परीक्षण गरिएको, अस्पताल लगिएकाहरुको उपचारकाक्रममा घाउचोटको अवस्था र मृत्युको कारण उल्लेख गरिएको मेडिकल रिर्पोटहरु सुरक्षित रहेको दरबार हत्याकाण्डको छानविनका लागि गठिन समितिको प्रतिवेदनमा देखिन्छ । यसले पनि अनुसन्धानलाई क्लु दिन सक्छ।

३. तस्बिर र दृष्य

जेठ १९ मा त्रासद् घटना भएको स्थान त्रिभुवन सदन शंकास्पद रुपमा भत्काइयो। अहिले सरकारले त्यसको आकार भने निकालेको छ। त्रिभुवन सदन भत्काइए पनि घटनास्थलको तस्बिर र दृष्य भने अझै सुरक्षित हुनसक्छ। सो समयमा घटनास्थल गएर तस्बिर खिच्ने प्रहरी अधिकारी अझै जीवीतै भएकाले आवश्यक सामाग्रि र जानकारी लिन सकिन्छ।

४. डमी घटनास्थल

तस्बिर र दृष्यको आधारमा त्रिभुवन सदनको तत्कालिन दृष्यको नक्कल बनाउन सकिन्छ। जसको आधारमा अनुसन्धानलाई अगाडि डोर्‍याउने बाटो फेला पर्न सक्छ। केही घटनामा शव जलाइसकेको अवस्थामा पनि पूनः शंका लागे डमी घटनास्थल बनाएर अनुसन्धान गर्ने गरिएको छ ।

५. जीवितहरुको पून बयान

हिजो जुन समयमा छानबिन गरिएको थियो र जो माथि शंका बढेको थियो सो समयमा घटनाबारे जानकारी नै पाएका कोही ब्यक्ति भए पनि भन्न सक्ने अवस्था थिएन।

शंकाको घेरामा अझै रहेका ज्ञानेन्द्र शाह र पारस शाहको अवस्था हिजोको झै छैन। यो अवस्थामा घटनाका साक्षी जीवित ब्यक्तिहरुको पुनः बयान लिने हो भने नयाँ तथ्य आउनसक्ने सम्भावना उत्तिकै छ।

प्रकाशित मिति: : 2019-06-02 22:48:28

प्रतिकृया दिनुहोस्