फेरि बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला ११०० रुपैयाँले बढेकाे हाे। याेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रूपैयाँले बढेर चाँदीकाे मूल्य १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

प्रकाशित मिति: : 2025-02-19 10:58:00

प्रतिकृया दिनुहोस्