बिएल संवाददाता
काठमाडौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन्। श्रेष्ठ विजयी भएसँगै आइतबार भएको उपनिर्वाचनमा रास्वपाले विजयीको खाता खोलेको छ।
यसअघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा रास्वपाले भाग लिएको थिएन। त्यसैले पनि श्रेष्ठ रास्वपाबाट स्थानीय तहको जनप्रतिनिधि बन्ने पहिलो उम्मेदवार बनेकी छिन्।
श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराइन। तुलाधरले २ हजार २२० मत प्राप्त गर्दै दोस्रो भएका छन्।
यस वडामा २०७९ मा विजयी भएको नेपाली कांग्रेस भने यसपटक तेस्रोमा धकेलिएको छ। कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएर तेस्रो भए। यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७ हजार ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन्।
यस वडामा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया