धम्काउँदै चन्दा उठाउने भरतकुमार प्रहरीकाे फन्दामा

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

चन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्। 

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको बताइएकाे छ। 

प्रकाशित मिति: : 2025-02-19 10:35:00

प्रतिकृया दिनुहोस्