बिएल संवाददाता
बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ।
पाकिस्तानको एउटा बिद्रोही समूहले रेल अपहरण गरेर बन्धक बनाएका १०४ जना बन्धकहरूलाई त्यहाँको राष्ट्रिय सेनाले मुक्त गराएको छ।
बलुचिस्तानको बलुच लिबरेशन आर्मीको समूहले मंगलबार एउटा रेल अपहरण गरेको थियो। पेशावर जाँदै गरेको उक्त रेललाई विद्रोही समूहले ट्र्याकमा विष्फोट गरी सुरुङभित्र बन्धक बनाएको थियो। ९ वटा डिब्बा रहेको यो रेलमा ४ सयभन्दा बढी यात्रु सवार थिए।
रेल नियन्त्रणमा लिइसकेपछि केही गैरसैनिक यात्रुहरूलाई छोडिएको भने पनि त्यसको पुष्टि हुन सकेको छैन। पाकिस्तानी सेनाले विद्रोहीलाई घेरेर यात्रु उद्धारको प्रयास जारी राखेको छ। उक्त रेलमा कैयौ पाकिस्तानी सैनिकहरूले पनि यात्रा गरिरहेको बताइएको छ। विद्रोहीले ३० जना सैनिक मारिएको दाबी पनि गरेको छ।
पाकिस्तानी सुरक्षा बल यात्रुहरू छुटाउनका लागि रातभरि विद्रोहीसँग लडेका थिए। त्यसक्रममा १६ जना विद्रोही मारिएको त्यहाँको सुरक्षा निकायले बताएको छ।
पाकिस्तानको एउटा राज्य बलुचिस्तानको यो विद्रोही समूहले ‘स्वतन्त्र बलुचिस्तान’को माग गरिरहेको छ। यो संगठनलाई पाकिस्तानले आतंकवादी संगठन घोषणा गरेको छ।
अहिले बन्धक बनाएका यात्रुहरू रिहाइको बदलामा उसले सरकारले गिरफ्तार गरेका आफ्ना कार्यकर्ता र लडाकुहरू रिहाइको माग गरिरहेको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया