बुधबार, २८ अक्टोबर २०२६

एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छोड्न अदालतको आदेश

News Image
• • •

ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई धरौटीमा छोड्न आदेश दिएको छ।

बुधबार भएको बयानपछि न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीहरू धरौटी बुझाएर छुटिसकेको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा उनीहरूसहित कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्धा दायर गर्न ललितपुर जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो।

सीआईबीको सिफारसमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्धा दायर गरेको थियो। जोशी र पाण्डे यसअघि नै धरौटीमा छुटिसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!