मङ्गलबार, २७ अक्टोबर २०२६

कोशी प्रदेश लोक सेवा आयोग अध्यक्षले दिए राजीनामा

News Image
• • •

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समक्ष उनले लिखित राजीनामा बुझाएका हुन्। अध्यक्ष गुरागाईंको राजीनामालाई प्रदेश प्रमुख खापुङले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेशद्वारा जारी विज्ञप्तिअनुसार आयोगका अध्यक्ष गुरागाईंले कार्तिक १० गते पेस गरेको राजीनामा आगामी कार्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।

​प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको कानुनी व्यवस्थाबमोजिम उनको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव अभय कुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष गुरागाईंले यस अघि बनेको खर्च राज्यकोष दोहन रोक्ने खर्च व्यवस्थापन कार्यविधि सच्याएर प्रदेश सरकारलाई थप आर्थिक भार पर्ने गरि आर्थिक मामिला मन्त्रालयमा स्वीकृतीका लागि पठाएका थिए। मन्त्रालयले आर्थिक भार पर्ने गरि गरिएको कार्यविधि अस्वीकृत गरेपछि उनीमाथि राजीनामाका लागि नैतिकताको प्रश्न समेत उठेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!