लगातार ५८ घण्टा चुम्बन गरेर ‘गिनिज बुक’मा नाम लेखाएका श्रीमान–श्रीमतीको ‘डिर्भोस’

symbolic photo–agency
symbolic photo–agency

लामो समयसम्म चुम्बन गरेर विश्व रेकर्ड बनाएका थाई दम्पत्तीले ‘डिर्भोस’ गरेका छन्। 

सन् २०१३ मा  ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखाएका थाइल्यान्डका एक्काचाई तिरानाराट र उनकी पत्नी लक्सानाले ‘डिर्भोस’ गरेका हुन्। 

२ दिनभन्दा बढी समय नसुतेर चुम्बन गरेका उनीहरूले त्यसअघि पनि रेकर्ड बनाएका थिए। ४६ घण्टा २४ मिनेटसम्म चुम्बन गरेर। 

तर उनीहरूको डिर्भोसको कारण भने हालसम्म खुलेको छैन। 
 
 

प्रकाशित मिति: : 2025-03-10 11:21:00

प्रतिकृया दिनुहोस्