१० किलाेमिटर अन्तर्गत:

सुनकुमारी सुनार बनिन् चाैंथाे ‘गुरिल्ला अल्ट्रा म्याराथन’काे च्याम्पियन

बिएल संवाददाता

रूकुम (पूर्व)

सुनकुमारी सुनार रूकुम (पूर्व)काे भूमेमा सम्पन्न चाैंथाे ‘गुरिल्ला अल्ट्रा म्याराथन’ अन्तर्गत १० किलाेमिटर प्रतियाेगितकाे विजेता बनेकी छिन। शुक्रबार सम्पन्न प्रतियाेगितामा सुनारले १० किलाेमिटरकाे दुरी १ घण्टा ४० मिनेटमा पूरा गर्दै विजेता बन्न सफल भएकी हुन्।

त्यस्तै साेही प्रतियाेगितामा प्रिया पुन मगरले दाेस्राे स्थान प्राप्त गर्न सफल भएकी छिन्। उनले साे दुरी १ घण्टा ५० मिनेटमा पूरा गरेकी थिइन्।

त्यसैगरी बिनिता सिर्पालीले तेस्राे स्थान प्राप्त गरिन्।

प्रकाशित मिति: : 2022-06-17 13:58:00

प्रतिकृया दिनुहोस्