उत्कृष्ट ‘रिह्याब’ अर्थात् ‘कन्ट्रोल एडिक्शन नेपाल’

Break n Links
Break n Links

जिल्ला प्रशासन कार्यालय ललितपुरले कन्ट्रोल एडिक्शन नेपाल (क्यान) उत्कृष्ट सुधार केन्द्र रहेको दाबी गरेको छ।

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा अनुगमन गर्न गएको टोलीले गोदावरीको टौउखेल–३ मा सञ्चालित क्यानलाई उत्कृष्ट सुधार केन्द्र दाबी गरेको हो।

डेढ दशकदेखि दुव्र्यसनीहरूलाई गर्दैआएको उपचार पद्दतिका साथै व्यवस्थापन र उचित वातावरणबारे सहायक प्रमुख घिमिरेले क्यानको प्रंशसा गरेकी थिइन्।

क्यानमा सुध्रिरहेकाहरूसँग कुराकानी गरेर आफूलाई खुसी लागेको बताउँदै उनले अन्य सुधार केन्द्रले पनि क्यानजसरी काम गर्नुपर्ने बताएकी थिइन्।

क्यानले गरिरहेका कामहरूबारे प्रशंसा गर्दै आफूहरूले सक्दो सहयोग गर्ने आश्वासन समेत उनले गरिन्।

आफूहरूले गरिरहेको कामको प्रशंसा पाउँदा खुसी लाग्ने क्यानका उपाध्यक्ष क्षितिज श्रेष्ठ बताउँछन्। उनका अनुसार दुव्र्यसनीलाई सुधारेर मार्ग दर्शन गराउनु नै क्यानको उद्देश्य हो। 

कयौं दुव्र्यसनीलाई सुधारेको क्यान यसअघि गृह मन्त्रालयबाट सम्मानित भइसकेको छ। र, उत्कृष्ट सुधार केन्द्र भनेर पहिचान बनाइसकेको छ। 


कन्ट्रोल एडिक्शन नेपालको उपचार पद्दति उचित रहेको गृह मन्त्रालयको दाबी

प्रकाशित मिति: : 2025-03-10 15:45:00

प्रतिकृया दिनुहोस्