साफ महिला फुटबल च्याम्पियनसीप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा

Break n Links
Break n Links

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्ध हुँदैछ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समयअनुसार साढे ३ बजेदेखि सुरु हुनेछ।

त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुँदैछ। यो खेल नेपाली समयअनुसार साढे ५ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। 

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ। भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

नेपालले यसअघिका सबै ६ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उप-विजेता बनेको छ। अहिलेसम्म भारतले  प्रतियोगिताको पाँचपटक उपाधि जितेको छ। भने, एकपटक बंगलादेशले उपाधि जितेको छ।

प्रकाशित मिति: : 2024-10-18 09:11:00

प्रतिकृया दिनुहोस्