
बिएल संवाददाता
बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।
बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१को अग्रता लिएको थियो। भने, दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो।
बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन्। भने, अफइदा खानडाकरले एक गोल गरेकी थिइन्। त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्।
यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ। र, समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ।
त्यस्तै समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहीबार लाग्ने छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया