ज्ञानेन्द्र शाहलाई भुटानमा ‘रेड कार्पेट’

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन्। बिहीबार उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन्।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन्। पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन्।

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकको निम्तोमा त्यहाँ पुगे पनि यो भ्रमण निजी भएको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ।

निजी भ्रमणमा त्यहाँ पुगेका उनलाई राजधानी थिम्पुमा भुटानकी राजकुमारी सोनाम याङगडेन वाङगचुकले स्वागत गरेकी थिइन्। विमानस्थलमा उनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो। 

प्रकाशित मिति: : 2024-10-03 16:33:00

प्रतिकृया दिनुहोस्