नख्खु खोलाले बगाउँदा एक बालकसहित ४ जना बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर

ललितपुरको स्थित नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्। शुक्रबार बिहान सवा ९ बजे ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जनालाई खोलाले बगाएको हो। 

बेपत्ता हुनेहरूमा २ पुरुष एक महिला र १ बालक गरी ४ जना रहेका छन्। उनीहरूको खोजीका लागि अहिले प्रहरी परिचालन भएको छ। तर खोलामा बाढीको सतह बढिरहेकाले खोजीमा समस्या भएको छ। 

बिहीबारदेखिको निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न नदीमा बाढी आएको छ। जसले काठमाडौँ डुबानमा पारेको छ। 

यो पनि–

झरीसँगै डुबेको काठमाडौँ (फोटो/भिडियो)

प्रकाशित मिति: : 2024-09-28 09:47:00

प्रतिकृया दिनुहोस्