झरीसँगै डुबेको काठमाडौँ (फोटो/भिडियो)

बिहीबार साँझदेखि परेको अविरल वर्षाले काठमाडौँका विभिन्न ठाउँ डुबानमा परेको छ। जसले ठुलो मात्रमा भौतिक क्षति गरेको छ। क्षतिको विवरण आइसकेको छैन। 

अविरल वर्षाले काठमाडौँको बल्खु, तरकारी बजार, कुलेश्वर, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ। 

त्यस्तै, ललितपुरको युएन पार्क क्षेत्र, सुन्दरीघाट, बालकुमारी, च्यासल आदि क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको छ। उता भक्तपुरको राधे राधे क्षेत्रमा पनि समेत बाढी आएको छ। 

प्रकाशित मिति: : 2024-09-28 09:14:00

प्रतिकृया दिनुहोस्