कविता

जनैधारी प्राणी

दुब्लो शरीर, चुच्चो नाक,
फुर्तिलो चाल, मायालु मुहार
घण्टी बजाउँदै, मन्दिर घुम्दै
हरि ओमकाे मन्त्र जब्दै हिड्ने,
प्राणी दाइ काका जस्तो लाग्थ्यो।

सबैका घरमा पुगेकै हुन्थ्यो
विवाहका मण्डपमा
यज्ञ हवनमा बसेकाे हुन्थ्यो
सबै जाने बुझेझैं गर्थ्याे
ज्ञानगुनका उपदेश दिन्थ्याे।

आफ्नै लाग्थ्यो, माया लाग्थ्यो
सबैलाई साथ दिएझैं देखिन्थ्यो
जब बाले सुनाउँथे
म झसङ्ग हुन्थे
ऊ कथित ठूलो रहेछ।

ऊ बाहुन रहेछ,
जनैधारी परेछ
नमिल्ने, नचल्ने, नदिने रहेछ
साेच्छु कस्तो अचम्म
उ पनि म जस्तै छ
भाषा भाव र भावना भएको।

तर ऊ फरक रहेछ
जात हेर्ने रहेछ
साथ नहेर्ने रहेछ
मानवता नबुझ्ने रहेछ
नत्र त्यसाे किन गर्थ्याे र?

उसको शैली भिन्न रहेछ
ऊ जात जाँचेर
कसैका घर धाउने
कसैका राेटी खाने
बेटी मिलाउने रहेछ।

त्यो देख्दा, सुन्दा, भाेग्दा !

कालो बादलझैं म भक्कानिन्छु
वर्षाझैं आँसुका धारा बगाउँछु
मान्छे नचल्ने कस्तो संस्कार?
राेटी नचल्ने कस्तो अहंकार?
उदेकलाग्दो, कहालिलाग्दो , घिनलाग्दाे
डरलाग्दो, नमान्ने मान्छे।

बेलाबेला न्यूराेकाे याद आउँथ्याे
पुरै समाज जलेर खरानी भएको हेर्ने मन थियो
बुढा बा आमा, कलिला काेपिला आँखामा आउँछन्
गान्धीलाई हेर्छु, म राेकिन्छु।

हठ त्याग!!!!

जनाइकाे डाेरीमा बाँधिएको कुसंस्कार
मक्किसक्याे, गन्हाइसक्याे अब बुझ,
जाेड, सम्झाउँ मानिसको जात हुँदैन
साथ हुन्छ, साथबाट सार्थकता मिल्छ भनेर।

फुटले बिस्फोट निम्त्याउँछ
बिस्फोटले बिछाेड गराउँछ,
सानो झिल्काेले सिध्याउँछ
समाजिक भाइचारा भत्काउँछ
अशान्ति मच्चाउँछ।

समाजलाई जाेड बचाउ
फुट्नुभन्दा जुट्नु राम्रो
मर्नु मार्नुभन्दा मिल्नु राम्रो ।

धेरै भयो
अति भयो
सिमा नाघिसक्याे
बुझ बुझाउ
सम्झ सम्झाउ
हात तिम्रै छ।
सुध्र!!!

प्रकाशित मिति: : 2021-01-23 12:20:00

प्रतिकृया दिनुहोस्