प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
रातोपाटी
२०७२ सालको भुँइचालोले कान्छी गुरुङको सातो लियो, जसकारण अहिले पनि हात काँप्छन्। खुलेर बोल्न अप्ठ्यारो छ। तर, यसका बाबजुद मन्दिरको सेवामा उनले आफ्ना औँलाहरू नियमित खियाइरहेकी छिन्। ‘यहाँ बस्न थालेको ६० वर्ष भयो, पहिले मन्दिरबाहिर जंगलै जंगल थियो, स्याल कराउँथे,’ बत्तिसपुतलीस्थित राम मन्दिर प्राङ्गणमा भेटिएकी ७७ वर्षीया गुरुङले रातोपाटीसँग भनिन्।
यही मन्दिर परिसरमा कान्छीले आफ्ना ६ जना छोरीलाई जन्माइन्, हुर्काइन् र अन्माइन्। अहिले यो मन्दिर क्रंक्रिटका घरहरूले घेरिएको छ। स्याल होइन, आजकल मोटरगाडीको हर्न कराएको आवाज सुनिन्छ। समय फेरिएर ज्येष्ठ नागरिक बनिसके पनि कान्छीभित्रको आस्था र भक्ति जस्ताको त्यस्तै छ। ‘बहिनीहरू विवाहपछि आफ्नो घर गए। आमालाई हेर्नुपर्ने भएकाले म र मेरा श्रीमान् यही बस्यौँ,’ कान्छीकी जेठी छोरी ईश्वरी गुरुङ उप्रेतीले भनिन्, ‘अहिले पनि उहाँले सबै काम आफैँ गर्नुहुन्छ। भगवानको सेवामा लगाव उस्तै छ।’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया