
न्यायका निरीह सात वर्ष
बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुले राज्यका निकायहरुले विभिन्न बहाना बनाई अनुसन्धानको नाममा धरपकड गरेर दुःख दिएको भन्दै आन्दाेलित बनेका छन्।
उक्त विरोधमा आइतबार तीन घण्टा ‘पेन डाउन’ गरेका उनीहरुले आफ्ना मागहरु पूरा नभए सोमबार र मंगलबार कार्गेको जाँचपास शाखामार्फत् हुने निकासी र पैठारीसम्बन्धी हुने सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरुले त्यस अवधिमा पनि माग पूरा नभए बुधबार कार्यालयको यात्रु जाँचपास शाखाबाट हुने सबै काम बन्द गर्ने चेतावनी दिएका छन्।
कार्यालयमा राजस्व असुलीको काम नियमित रुपमा कानुनअनुसार भइरहेको भएपनि अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने तथा हिरासतमा राख्नेसम्मको काम भइरहेकोले यो कार्य बन्द नभएसम्म काम बन्द गर्ने उनीहरुले घोषणा गरेका छन्। ‘कार्यालयमा राजस्व असुलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलीत कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्छ,’ कर्मचारीहरुले भनेका छन्।
कर्मचारीहलाई निर्भिक रुपमा उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना हुनुपर्ने उनीहरुको भनाइ छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया