झ्यापले खाेलामा पुरिएका बसबाट १४ जनाकाे शव निकालियाे (अपडेट)

Break n Links
Break n Links

धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा पुरिएका बसबाट १४ वटा शव निकालिएकाे छ।

शनिबार बिहान गएकाे पहिराेमा पुरिएका दुइटा बसबाट १४ वटा शव निकालिएकाे काठमाडाैँ प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार लु१ज ४५७८ नम्बरकाे माइक्राेबसबाट पाँच वटा र अर्का नम्बर नखुलेकाे बसबाट ९ वटा शव निकालिएकाे हाे।

पहिराेमा पुरिएका बस जेसिबीकाे मद्दतले खाेजी गरिएकाे छ। साे स्थानमा अरु गाडीहरु पनि पुरिएका हुन सक्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2024-09-28 20:53:00

प्रतिकृया दिनुहोस्