नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो खुल्याे

Break n Links
Break n Links

नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएकाे छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको हो।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रिज्वान करिम र एनटीपीसीकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन्। साे क्रममा ऊर्जामन्त्री दीपक खड्का र बंगलादेशी उर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थित थिए।

यससँगै नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ। अब नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ।

प्रकाशित मिति: : 2024-10-03 16:55:00

प्रतिकृया दिनुहोस्