ज्ञानेन्द्र शाहको ‘जन्मोत्सव’, निर्मल निवास खुला रहने

पूर्व राजा ज्ञानेन्द्र शाह अब ८०को उकालो लाग्दैछन्। असार २३ गते उनी जन्मिएको दिन हो। यो दिनलाई भव्य बनाउने तयारी निर्मल निवासले गरेको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहका ‘संवाद सचिवालय’ एक सूचना जारी गर्दै उनको जन्मोत्सवमा निर्मल निवास आम सर्वसाधारणका लागि खुला हुने जानकारी दिएको छ। 

संवाद सचिव फणिराज पाठकले ‘श्री ५ महाराजधिराज’ सम्बोधन गर्दै उनको जन्मउत्सवबारे सूचना जारी गरेका हुन्। 

यो अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्न निर्मल निवास खुला हुनेछ। जन्मदिन मनाउनका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास जानुपर्नेछ। 
 

प्रकाशित मिति: : 2025-06-27 06:06:00

प्रतिकृया दिनुहोस्