नुवाकोटको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।
बाढीमा स्थानीय ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी र उद्दारमा सशस्त्र प्रहरीको टोली खटिएको छ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बाढीले बगाउँदा घाइते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौंतर्फ पठाएको छ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले बताए।