काठमाडौंमा आँप महोत्सवः  किलोकै चार लाख पर्ने आँप प्रदर्शनमा

काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ।

शुक्रबारदेखि वाल्नट बिस्ट्रोमा सुरु भएको महोत्सवको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे। महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आँप खाने प्रतियोगिता समेत राखिएको छ ।

कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ। जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

महोत्सवमा नेपाली किसानबाट प्रत्यक्ष किनमेल गर्न मिल्ने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकतियालगायत पाँच भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा छन्।

महोत्सवमा २० भन्दा बढी परिकार र पेयपदार्थहरू सहकार्य गरेका रेस्टुरेन्टहरूमा राखिएको छ।

यसमा  पानीपोखरी स्थित वाल्टुन बिस्ट्रो, स्वयम्भू स्थित एचटुओ क्याफे र झम्सिखेलस्थित वाट्रिङ होल नामक तीन रेस्टुरेन्टहरू सहभागी छन्।

प्रकाशित मिति: : 2025-06-27 16:05:00

प्रतिकृया दिनुहोस्