राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने तयारी गरेको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्।
पहिलो चरणको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको र अपराह्न चार बजे अर्को बैठक बसेर साढे ५ बजे नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ।
एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ।