
बिएल संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा यात्रुवाहक बस र ईभी गाडी एकआसपमा जुध्दा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको विद्युतीय गाडि एकआपसमा ठोक्किएका चितवन प्रहरी प्रमुख गोविन्द पुरीले बताए।
ज्यान गुमाएकामध्ये मकवानपुर हटिया-३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा-५ की ५३ वर्षीया मैंयाकुमारी न्यौपानेको मात्र पहिचान खुलेको छ।
मृत्यु हुनेमा अधिकांश ईभी गाडिका यात्रु हुनसक्ने प्रहरीको अनुमान छ। मृत्यु हुनेमा एक गर्भवती महिला समेत रहेको प्रहरीले जनाएको छ।
त्यस्तै घाइतेमध्ये ८ जनाको पुरानो मेडिकल कलेज र बाँकी १० जना घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया