आशिष देउजालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बुढानिलकण्ठका देउजालाई बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा नामा पठाउने आदेश गरेको हो।

देउजासँगै उनका अन्य तीनजना साथीहरू पनि पुर्पक्षका लागि थुनामा गएका छन्। जसमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङ रहेका छन्। 

देउजाको समूहले युवायुवतीलाई यातना दिने गरेको प्रहरीमा जाहेरी परेको थियो। देउजाले सामाजिक सञ्जालमा आफूलाई सुगर ड्याडी भनेर चिनाउने गरेका छन्। 

प्रकाशित मिति: : 2024-10-02 19:11:00

प्रतिकृया दिनुहोस्