बलात्कार मुद्दामा फसाइदिने भन्दै इन्स्पेक्टरले नै असुलिन् ३० लाख, निलम्बनका लागि सिफारिस

File Photo
File Photo

प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ।

बलात्कारसम्बन्धी मुद्दामा एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोप लागेपछि ललितपुर प्रहरी परिसरले उनलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो।

शाहीमाथि बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिसँग ३० लाख रूपैयाँ लिएको आरोप छ। उनलाई जिम्मेवारीबाट हटाइएकाे छ।

साथै उक्त घटनाकाे छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको छ। 

प्रकाशित मिति: : 2024-09-26 15:25:00

प्रतिकृया दिनुहोस्