प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

File Photo
File Photo

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

समितिले राउतको सुनुवाइ बुधबार नै गरेको थियो।

यसअघि संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ। अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ।

प्रकाशित मिति: : 2024-10-02 17:32:00

प्रतिकृया दिनुहोस्