जनक कार्की
यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा
पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू
दनदनी बलिरहेको छ आगो चुल्होमा टेस्टास्ट्रनको इन्धनले
ताप्केको तातो तेलमा
डीप फ्राइ हुदैछ
सन्नी लियोनीका टाङ्गहरू
कुक्करले सिट्टी बजाइरहेको छ
पोर्नसाइटको नग्न युवतीहरूलाई हेरेर
भान्छा कोठामा पाकिरहेको परिकारहरूले
छोडेर गएको तिव्र काम वासना
अत्याधिक काम भोकले
अल्जाइमरको रोग हुनुपर्छ
अब चिन्दैन उसले आफ्नो-बिरानो
मान्दैन उसले धर्म-अधर्म
जान्दैन उसले सानो-ठूलो
ठान्दैन उसले दया-माया
भोकले ,
ऊ खान्छ शिशुको नयाँ भोटो
बालिकाको फुलबुट्टे जामा
किशोरीको कुर्ता सलवार
युवतीको लेगिज
बृद्धको गुन्यु चोली
ए ! चिकित्सक बिज्ञान
तिमी के हेरेर बसेको
निर्माण गर यस्तो औषधि
उसको दिमागमा पाक्न छाडोस्
अश्लील परिकारहरू।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया