विवादमा नेपाली सेना, यस्तो छ इतिहास
बिएल संवाददाता
आइसीसी विश्वकप लिग- २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि सानदार जित हात पारेको छ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटकाे जित निकालेकाे हाे। पपुवा न्युगिनीले दिएकाे ९३ रनकाे लक्ष्य नेपालले मात्रै ७.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्याे।
नेपालकाे लागि ओपनर आफ शेखले अर्धशतकीय इनिङ खेले। उनले मात्रै २१ रनमा ५३ रन प्रहार गरे। त्यस्तै ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट भए। भने, कुशल मल्ल १२ रन बनाएर अविजित रहे।
पिएनजीका चाद साेपरले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पिएनजी ३२ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएकाे थियाे।
उसकाे लागि सेसे बाउले १८ रन बनाए। भने, असाड भालाले सर्वाधिक २० रन बनाउन सफल भए। त्यस्तै, कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाएका थिए।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाँच विकेट लिए।
अब नेपालले चैत २ गते हुने सिरिजकाे अन्तिम खेलमा युएईलाई पराजित गरे सिधैं विश्वकप छनाैट खेलमा पुग्नेछ। आइसीसी लिग– २ काे चाैंथाे स्थानमा रहेकाे नेपालकाे ३८ अंक पुगेकाे छ भने तेस्राे स्थानमा रहेकाे ओमानकाे ३९ अंक रहेकाे छ।
– अपडेटेट
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया