सरकार ढाल्न प्रचण्डले खोजे विद्यार्थीको साथ

Break n Links
Break n Links

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीको साथ भए अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने दाबी गरेका छन्।

बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

दलाल पूँजीवादीहरूले केही सांसद संख्याको बलमा आफ्नो सरकार ढालेको भन्दै प्रचण्डले पार्टीनिकट विद्यार्थीहरूमाझ काँग्रेस-एमाले गठबन्धनविरुद्ध आक्रोश पनि पोखे।

प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु। हामी जितको पक्षमा छौँ।’

माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको भन्दै उनले आफूहरूले त्यसको घेरा तोड्दै आएकाे बताए।

साथै प्रचण्डले भ्रष्टाचार र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफनाे नेतृत्वको सरकारले गरेको दाबी गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने भन्दै केही समयभित्रै कुहिएर झर्ने जिकिर गरे।

प्रकाशित मिति: : 2024-09-26 16:54:00

प्रतिकृया दिनुहोस्