यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदान भएको उद्घाटन खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो। मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा भीम सार्की र कुशल मल्लले अर्ध शतकीय इनिङ खेले। मल्लले अविजित ७० र सार्कीले ७१ रन बनाए।
त्यसैगरी कुशल भुर्तेलले ३८ तथा कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाएर आउट भए।
मलेसियाका विजय उन्नी, विरनदिप सिंह, मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरा ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो।
मलेसियाको लागि अहमद फैजले सर्वाधिक ७६, विरन्दिप सिंहले ४६ र मोहम्मद अमिर १७ रन बनाए।
नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ विकेट लिए।
जितसँगै नेपालले २ अंक बटुलेको छ। नेपालले अब वैशाख ८ गते ओमानसँग खेल्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया