एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढीपहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

प्रतिनिधिका १० र राष्ट्रियसभाका ८ जना गरी एकीकृत समाजवादीका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने  निर्णय गरेकाे उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

साथै, प्रमुख सचेतक चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका छन्।

चौधरीले आफ्नो पार्टीका सांसदको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई पत्र लेखेका छन्।

प्रकाशित मिति: : 2024-10-02 16:48:00

प्रतिकृया दिनुहोस्