युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते

बाँकेमा आफैले बनाएको पेस्तोल जस्तो देखिने घरेलु हतियार पड्किएपछि एक जना घाइते भएका छन्। 

घाइते हुनेमा राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्काका १६ वर्षीय सचिन थारु रहेका छन्। 

उनको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

उनी शनिबार राती १० बजे पेस्तोल पड्किएर घाइते भएका थिए। उनी आफैले युट्युब हेरेर बनाएको पेस्तोल पड्किएको प्रहरीले जनाएको छ। 

काठ र फलाम जोडी पेस्तो बनाएर थारु पाइन्टको गोजीमा राखेर हिडेका थिए। गोजीबाट निकाल्न खोज्दा पेस्तोल पड्किएर दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेको छ। 

प्रकाशित मिति: : 2024-04-28 08:47:00

प्रतिकृया दिनुहोस्