युक्रा न्युयोर्क च्याप्टरको सातौं अधिवेशन सम्पन्न, अरुण राईको नेतृत्वमा १७ सदस्यीय समिति चयन

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA (यायोख्खा) न्युयोर्क च्याप्टरले आफ्नो सातौं अधिवेशन १०२५ न्युयोर्क को ज्यक्सन हाईट मा फेब्रुअरी २४ तारीक को दिन भव्यताका साथ सम्पन्न गरेको छ।

अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुण मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र च्यप्टर कार्यसमिती सर्वसम्मतिबाट चयन गरेको हाे।

अधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि, वर्तमान केन्द्रिय सदस्य गरचा राईले समारोहलाई सम्बोधन गर्दै किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धनमा लाग्नु पर्ने बताए। 

'युवा–पिढीहरु एक उमेरमा बाहिरको रौनकतिर आकर्षित हुने र सजिलै मन बरालिन सकिने भएको हुँदा आफू सचेत हुनुपर्ने बताउँदै उमेर पाकोपन हुँदै जाँदा र हरेक जीवनशैलीहरु मिलाउँदै जाँदा समाजमा घुलिदैं जाँदा बल्ल आफ्नो संस्कार र संस्कृति अनि पहिचानको महत्व अझ गहिरोगरी बुझिन्छ। त्येसैले युवाहरु अहिले बाट नै आफ्नो संस्कार ,संस्कृतिलाई जीवन्त राख्न सक्रिय भूमिकामा उभिएर अघि बढ्न सके भविष्य उज्वल हुन्छ', उनले भने।

संस्थाका संस्थापक सदस्या तथा पूर्व युक्रा न्युयोर्कका अध्यक्ष तथा युक्रा केन्द्रीय उपाध्यक्ष केसव राम राईले निवर्तमान अध्यक्ष ममता राई नेतृत्वको कार्यसमितिले न्यूयोर्क च्याप्टरको हकमा अहिले सम्मकै उत्कृष्ट र सानमानको काम गरेको भनेर प्रशंसा गर्दै नयाँ कार्य समितिले अझै यो भन्दा धेरै छलाङ मारेर जान सक्नुपर्छ भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए। 

कार्यक्रममा न्यूयार्क च्यप्टर सल्लाकार गोविन्द राई ,कारातेको अन्तर्राष्ट्रीय रेफ्री ,जज तथा कराते एसोसिएनको प्रसिक्षक सेनसेइ पर्खी खालिङ राई र सुकु रुम्दाली राई ले पनी आफ्नो मनतव्या राख्दै नया कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिए।

युकेआरओए निवर्तमान अध्यक्ष ममता खालिङ राईले आफुले ३ वर्षे कार्यकाल अवधीमा गरेका कामहरु ऐतिहासिक र किरात राईहरुको हिमायती रहेको बताए। आफूले २०२२ बाट नै केही न केही नयापन दिने प्रयास गर्दै आएको र सम्पुर्ण कार्यसमिती र युक्रा परीवारको एकताबाट यो सम्भव पनी भएको बताए। 

आफ्नो पहिलो कार्यकाल सकेलामा युकेओरओए का पाँच वटै च्याप्टरहरु बाट तथा केन्द्र को समेत सहभागिता मा र नेपाल आदिवासी जनजाती महासंघ अमेरीका अन्तर्गतका १८ संस्थाहरु , फ़िवना,एनआरएनए ,हामी नेपाली ग्लोबल लगायत का अनेकौ अमेरीकामा रहेका संय्थाका अतिथीहरुबीच भव्य र सभ्या रुपमा सम्पन्न भएको र त्यो साकेलाले यती धेरै माझमा किरात राईहरुले मनाउने साकेलाको अर्थ र भाव के हो? भन्ने कुरा सबै माझ प्रस्टाउन केही हदसम्म सफल भएको थियो भन्ने स्मरण गराउनुका साथै त्यस्ताे दोस्रो वर्षको साकेला पनी अमेरिकन नेपाली संस्थाहरु मध्येकै पहिलो पटक टाइम स्क्वायरको सहरमा युक्रा न्युयोर्क च्याप्टरले उभौली साकेला सिली कार्यक्रमल गरेको र सिटिको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो।

सोहि अवसरमा सिटीको तर्फबाट उत्कृष्ट आठजना साकेला सिली गर्ने र ढोल झ्याम्टा बजाउने कलाकारहरु लाई प्रमाण पत्र काशिफ हुसेनको हातबाट बितरण भएको कुरा पनि जोड्दै साकेला विसेस ऐतिहासीक भएको बताए।

आफूले नेपालमा रहेका संस्थाहरुलाई पनी आर्थिक सहयोग गर्दै र अमेरीकान राईहरु जो नयाँ आयम लिएरअघि बढिरहेको र कडा संघर्षबाट सफलता पाएका राईहरुलाई सम्मान पत्र दिएर हौसल्ला र उत्प्रेरणा दिने गरेको कुरा उल्लेख गर्दै नया कार्य समितीलाई किरात राईहरुको संस्कार,संस्कृति र पहीचान बचाउन र पुस्तान्तरणको लागी एक सिपाही अर्थात हाम्रो संस्कृतिको माली हुनुभएको छ भन्दै आफूले गर्न बाँकी छोडेको सपना पुरा गर्नु हुन नया कार्यसमिति संगै हातेमालो गरेर हरपल किरात राई समुदायको हितको लागी अघि बढ्ने बाँचा गर्दै
इतिहासमा नाम लेखाउन सलिलो छैन र सबैले नाम लेख्न सकिने कुरा पनी हैन तर हामीले निरन्तर प्रयास गरौ भन्दै नया कार्यसमिति लाई हौसल्ला प्रादान गरे। 

युकेआरओए न्युयोर्क च्याप्पटरका संस्थापक अध्यक्ष ,पुर्व केन्द्रीय अध्यक्ष ,पुर्व केन्द्रिय महासचिव तथा न्युयोर्क च्याप्टरका वर्तमान सल्लाहकार एवं निर्वाचन आयुक्त प्रभाकर राई ले सफलपुर्वक  निर्वाचन सम्पन्न गरि अरुन राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित १७ जनाको न्यूयार्क च्याप्टर कार्य समितीको घोषणा गरेका थिए। 

लगातार नया कार्यसमितीहरुलाई खाता अर्पन गरी सर्टिफिकेट नोक्छो पदम बहादुर राई ज्युको हातबाट प्रदान गरी निर्वाचन आयुक्त प्रभाकर राई बाट सपथ ग्रहन गराइएको थियो।

नवगठित  कार्यसमितिमा अध्यक्ष अरुन राई ,वरिष्ठ उपाध्यक्ष वसन्ती राई,उपाध्यक्ष प्रमल राई , उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई , कोषाध्यक्ष विनोद चाम्लिङ राई ,सहकोष अध्यक्ष मनिषा चाम्लिङ राई वोर्ड सदस्यहरु उधिर राई,निलम राई ,दिपेस राई ,जेनी महर्जन राई ,शान्ति राई ,अर्पन राई ,मनिराज राई र कल्चर कोअर्डिनेटर मा रोसन राई र महिला कोअर्डीनेटर मा सरिता राई चयन भएका हुन।

नव निर्वाचित अध्यक्ष अरुन राईले निर्वाचन आयुक्त प्रभाकर राई लाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यावाद दिदै निवर्तमान अध्यक्ष ममता राई लगायत कार्यसमितीलाई विदाई तथा धन्यवाद दिनै जुन कार्यसमितीले आफ्नो समुदायको लागी गरेको योगदानको कदर सम्मान गर्दै आफु आफ्नो भाषा र संस्कृतिको संरक्षणको निम्ती दत्ताचित्त भएर लाग्ने बचन वंद्द गर्दै किरात राईहरुको संस्कार ,संस्कृति र पहीचान को लागी लाग्नु पर्ने हाम्रो दायित्व रहेको बताए। आफुले सक्दो वार्षिक कार्ययोजना वनाएर अझै उच्चाईबाट अमेरिकन किरात राईहरुको लागी लागिपर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए। 

उक्त अधिवेशनमा संस्थाको आयब्या विवरण संस्थाका कोष अध्यक्ष नेपाल यात्रमा रहेको हुँदा उपाध्यक्ष कृष्ण प्रशाद राई ले दिनु भएको थियो र अधिवेशन को पहिलो सेसन कार्यक्रम माहासचिव बद्री कुमार राई ले सन्चालन गरेका थिए

प्रकाशित मिति: : 2025-03-06 15:38:00

प्रतिकृया दिनुहोस्