गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ।
प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो।
विहीबार बिहान गरिएको सरुवा अनुसार ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ।
गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो।
त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ। बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ।
रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ।
नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ। नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ।