कीर्तिपुरमा ‘आमा दौड’ हुने

अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन एनआरएस स्पोर्ट्स फाउन्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा ‘आमा दौड’ आयोजना गर्ने भएको छ।

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरूलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए। 

फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटर हुनेछ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताए। 

मेयर नकर्मी र फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दौड आयोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

एसियाली खलकुदकी कांस्य पदक तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताएकी छिन्।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास लिएको बताएकी छिन्।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले आमा दौडको आयोजना आफैमा उदाहरणीय हुने विश्वास लिएको बताए।

दौडका क्रममा कीर्तिपुरको पर्यटन प्रबन्ध र स्थानीय खानाको प्रवर्द्धनका लागि फुड फेस्टिभलमा गरिने बताइएको छ।

नाम आमा दौड भए पनि दौडमा जोकोहीले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ। 

कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका ३ सय जनाको दर्ता शुल्क बेर्होने पनि मेयर नकर्मीले जानकारी दिए।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यसपटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौडलाई भाग लिन सक्ने बताइएको छ। यसलाई प्रतिस्पर्धाभन्दा पनि आमाहरुको जागरुक गराउन आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति: : 2024-02-15 12:03:00

प्रतिकृया दिनुहोस्