प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
महेश नेपाली
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई जिल्ला निर्वाचन कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको छ।
उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन्।
पार्टीभित्रको लगानी, त्याग, तपस्या र बलिदानीको आधारमा भन्दा पनि नेतालाई चाप्लसी गरेको आधारमा टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको देवेन्द्र बहादुर शाहीले बताए।
'कामै नगर्ने र अरूले गरेकाेमा रजाइँ गर्नेकाे विरूद्धमा मेराे उम्मेदवारी हाे,' उनले भने, 'चुनावबाट जनमत देखिनेछ। काँग्रेसकाे ९० प्रतिशत मत मैले प्राप्त गर्छु, मेराे लगानीकाे आधारमा।'
प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार डा. कलबहादुर रोकायाले कलधारो चुनाव चिह्न रोजेका छन्। उनले नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसैगरी प्रदेश क्षेत्र नं. (क) का स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही र प्रदेश क्षेत्र नं. (ख) का स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले धारो चुनाव चिह्न रोजेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी इश्वरी प्रसाद देवकोटाले बताए।
'मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले उनीहरूलाई चुनाव चिह्न प्रदान गर्नुभएकाे हाे,' उनले भने, 'प्रतिनिधिसभा निर्वाचनका स्वतन्त्र उम्मेदवार डा. कल बहादुर राेकायाकाे कलधाराे र प्रदेश सभाका उम्मेदवार शाही र बस्नेतकाे संयुक्त चुनाव चिन्ह धाराे छ।'
प्रदेशसभा क्षेत्र नं. (क) र प्रदेशसभा क्षेत्र नं. (ख) का स्वतन्त्र उम्मेदवार शाही र बस्नेतले कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दर्ता गराएका हुन।
आफ्नो पक्षमा माहोल भएको भन्दै नेताको आशीर्वादले टिकट ल्याएकालाई पराजित गरेर छाड्ने बस्नेतकाे भनाई छ।
'कांग्रेस पार्टी हाम्राे लगानीकाे प्रतिफल हाे। बागकाे छालामा स्यालकाे रजाइँ हुन थालेपछि हामीले विद्राेह गरेका हाैं,' उनले भने, 'नेताकाे चाकडी मात्रै गरेर चुनाव जित्नेलाई जनताले देखाउनेछन्।'
प्रतिनिधिसभामा माओवादी उम्मेदवारविरूद्ध र प्रदेशसभामा कांग्रेस र एकीकृत समाजवादीविरूद्ध स्वतन्त्र उम्मेदवारी परेपछि जुम्लामा गठबन्धनको अनाैपचारिक रूपमा समाप्त भएकाे विश्लेषक रामसिंह रावलकाे तर्क छ।
'सत्ता स्वार्थ र केही नेतालाई चुनाव जित्नै पर्ने भएकाे हुनाले गठबन्धन गरिएकाे हाे। यस्ताे अवस्थामा स्वाभिमानी कार्यकर्ताहरूले स्वभाविक रूपमा विद्राेह गर्छन्,' उनले भने, 'अब बिस्तारै गठबन्धनको औचित्यतामाथि प्रश्न उठ्नेछ।'
गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुँवर, प्रदेशसभा क्षेत्र नं. (क) मा कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही र प्रदेशसभा क्षेत्र नं. (ख) मा एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई टिकट दिइएको छ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा माओवादी केन्द्रका गजेन्द्र महत, प्रदेशसभा क्षेत्र नं. (१) मा नरेश भण्डारी र प्रदेशसभा क्षेत्र नं. (२) मा पदमबहादुर रोकायाले जितेका थिए।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया