आगामी संसद अधिवेशनमा पार्टीको प्रस्तुतिबारे रास्वपामा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सकिएकाे छ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बसेकाे बैठक केहीबेरअघि सकिएकाे हाे।

बैठकमा आगामी सोमबारबाट सुरू हुने संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहने भन्नेबारेमा छलफल भएकाे सह-प्रवक्ता मनिष झाले जानकारी दिए।

यसैगरी विगतमा भएका संसदकाे प्रस्तुति र पार्टीकाे सहभागिता समीक्षा भएकाे उनले बताए।

‘बैठक विगतमा भएकाे संसदकाे हाम्रो प्रस्तुति र हाम्राे सहभागिताबारेमा छलफल गर्याैँ।आगामी संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहन्छ भन्नेबारे घनीभूत छलफल भयाे’, उनले भने। 

प्रकाशित मिति: : 2024-02-02 16:30:00

प्रतिकृया दिनुहोस्