मङ्गलबार, ०६ जनवरी २०२६

पहिले धोबी खोला, अहिले अनामनगर

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले
News Image
• • •

सिंहदरबारको पूर्वी क्षेत्र पहिले धोबी खोलाले ढाकेको थियो। धार परिवर्तनसँगै त्यो ठाउँ स्थानीयले ओगट्दै गए। बिस्तारै बस्ती बस्यो। नाम थिएन, अनामनगर भयो। अहिले घरै घर ठडिएका छन्। खाली जग्गै पाइँदैन। खोला धकेल्दै–धकेल्दै लगेर पूर्वतिर कुनामा १४ मिटरमा खुम्चिएको छ।

२०२१ सालको नापीले अहिले खोला भएको क्षेत्रलाई बगर देखाउँछ। नापी कार्यालय डिल्लीबजारको रेकर्डमा खोलाको चौडाइ अधिकतम ३३ मिटर र बगर ३७ मिटर देखिन्छ। स्थानीयले बगर र खोला दुवै मिचेका छन्। हाल साविकमा भने ४३ मिटर कायम गरिएको नापी कार्यालयले जनाएको छ। नापी र मालपोतका कर्मचारीको मिलेमतोमा हाल साविककै बेला राजनीतिक संरक्षणमा व्यक्तिका नाममा कायम गरेको जानकार बताउँछन्। 

प्रमुख नापी अधिकृत अशोककुमार भुसाल स्रेस्ता र नक्सामा खोला देखिएको तर अतिक्रमण भएको पाइएको सुनाउँछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!