प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बाह्रखरी
हास्य कलाकार जितु नेपाल र दीपाश्री निरौला तथा दीपकराज गिरीबीच ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तनलाई लिएर बढेको विवाद समाधानतर्फ अगाडि बढ्न सकेको छैन। यस वर्षको होलीलाई लक्षित गर्दै सार्वजनिक गरिएको होली गीतमा ‘छक्का पञ्जा’ युनिटका अधिकांश कलाकार देखिए। तर, जितु उक्त गीतको भिडियोमा अटाएनन्। यसले उनीहरुबीचको विवाद समाधान नभएको स्पष्ट पार्छ । स्वयं जितु पनि चिसिएको सम्बन्धमा सुधार नआएको स्वीकार गर्छन्।
“होलीको गीत छायांकन हुँदै छ भन्ने मलाई थाहा थियो। त्यसको केही दिनअगाडि दीपा दिदीसँग भेट पनि भएको थियो। तर, उहाँले मलाई बोलाउनु भएन। बोलाउनु हुन्न भन्ने मलाई थाहा पनि थियो,” जितु भन्छन्, “कमेडी क्लबको अध्यक्षको हेरफेरले असर गरेजस्तो लाग्छ। मलाइ यो स्वाभाविक लागेको छ। कारण मैले धोका दिएँ भन्ने उहाँहरुको बुझाइ छ। उहाँहरुलाई मैले धोका दिएको बुझाइ भएपछि उहाँहरुबाट मैले त्यो अपेक्षा गर्नु पनि हुँदैन।”
हेरफेर आवश्यक थिएन भन्ने दीपक–दीपाको बुझाइ थियो। प्रायोजकले दोस्रो सिजनमा अध्यक्ष फेरौँ भनेर जितुलाई भन्यो। उनले धेरै केही नसोची हुन्छ भन्दिए। त्यही नै दशकौँ लामो सम्बन्ध चिसिनुको मुख्य कारण बन्यो। “उहाँहरुलाई शतप्रतिशत जितुकै चाहना र योजना अनुसार निकाल्यो भन्ने छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया