प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनुअघि उनीहरूबीच भेट भएको हो।

आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा दुवै नेताबीच छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको बताइएकाे छ। 

प्रकाशित मिति: : 2024-02-02 10:18:00

प्रतिकृया दिनुहोस्