आरतीको न्यायका लागि प्रभु साह धर्नामा

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह धर्नामा बसेका छन्।बुधबार काठमाडौँको माइतीघरमा साह धर्ना बसेका हुन्।  

न्यायको माग गर्दै विगत १४६ दिनदेखि धर्नामा बसेकी आरती साहको परिवारको समर्थनमा आफु पनि धर्नामा बसेको साहले बताए। 

धर्नामा बसेका साहले यथाशीघ्र वार्ता एवं सम्वादद्धारा सरकारले आरतीलाई न्याय दिलाउनु पर्ने माग राखे। आरतीको माग सम्बोधन नभएमा यो भन्दा कडा कदम चाल्न बाध्य हुने साहको भनाइ छ। 

पार्टीको निर्णय अनुसार आजपाले नेपाल मानव अधिकार आयोगलाई यस बारेमा बिहिबार ध्यानाकर्षण पत्र बुझाउँदै छ। 

आरती साह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन। जनकपुर उपमहानगरपालिका–९ थापाचोकका मोदीबाबु साहसँग विवाह गरेकी आरतीलाई दाइजो थोरै ल्याएको भन्दै उनको परिवारले हत्या गरेको आरतीका आमाबाबुको आरोप छ।

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै आरतीका आमाबाबु १४६ दिनदेखि माइतीघरमा धर्नामा छन्। 

गृहमन्त्रालयले आरतीका बाबुआमालाई वार्तामा आउन गत सोमबार पत्र काटेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन।

प्रकाशित मिति: : 2023-11-08 21:21:00

प्रतिकृया दिनुहोस्