अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
सनीराज शाक्य
शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे शरीर अध्ययनकाे लागि केमिकल प्रयाेग गरेर राखिने भएकाे छ। जाेशीले मृत्युअघि नै शरीर दान गरिसकेकाे लागि पार्थिक शरीर नजालाइने किष्ट अस्पतालले जनाएकाे छ।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।
‘उहाँले मृत्युअघि नै शरीर दान गर्नुभएकाे छ। उहाँकाे त्याे इच्छा पूरा गर्नकाे लागि हामीले उहाँकाे शरीरमा केमिकल प्रयाेग गरेर राख्नुपर्ने हुन्छ,’ किष्ट अस्पताल प्रमुख सुरज बज्राचार्यले भने,‘त्यसकाे लागि हामीले मेडिकल प्रक्रिय सुरू गरेका छाैँ,बाँकी कुरा सरकारकाे निर्णय अनुसार हुन्छ।’
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले २०७७ फागुनमा मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका थिए।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
भिडियाे:
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया