सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।
माओवादी केन्द्रले मंगलबार बिहान ६ बुँदे सर्कुलर जारी गर्दै मंसिर २२ गते काठमाडौँमा सडक संघर्ष घाेषणा गरेकाे हाे।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै सडक संघर्ष गर्ने निर्णय गरेकाे माओवादीले जनाएकाे छ।
‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ’, सर्कुलरमा भनिएकाे छ।