कोशी प्रदेशमा मन्त्रिपरिषद गठन, मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद गठन गरेका छन्।

शनिबार नियुक्त भएका मुख्यमन्त्री कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्।

कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका छन्।

कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन्। राई र मगर दुवैजना इलामबाट निर्वाचित प्रदेश सांसद हुन्।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। 

प्रकाशित मिति: : 2023-10-15 15:26:00

प्रतिकृया दिनुहोस्