काेशी सरकार एमाले र काँग्रेसकाे हाे, माओवादीलाई ‘नाे इन्ट्री’– हिक्मत कार्की

नेकपा (एमाले) काेशी प्रदेश संसदीय दलका नेता एमव् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले काेशी प्रदेश सरकार एमाले र काँग्रेसकाे मात्र भएकाे दाबी गरेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएकाे नाताले काेशीका मुख्यमन्त्री आफ्नाे भएकाे अभिव्यक्ति दिनु स्वभाविक भएपनि काेशी सरकार एमाले र काँग्रेसकाे मात्र भएकाे कार्कीले बताए।

आइतबार बिएल नेपाली सेवासँगकाे कुराकानीका क्रममा कार्कीले भने, ‘काेशी सरकार हामीले बनाएकाे हाे। प्रधानमन्त्रीले मुख्यमन्त्री हाम्राे भन्नु भयाे र? उहाँ प्रधानमन्त्री भएकाेले त्यस्ताे भन्नु भएकाे हाेला तर सरकार एमाले र काँग्रेसकाे मात्र हाे।’

कार्कीले काेशी सरकार आफूहरुले नै व्यवस्थित ढङ्गले अगाडि लैजाने भएकाेले अहिलेलाई ‘माओवादीलाई नाे इन्ट्री’ भएकाे बताए। ‘अरु दलले तत्काल सर्वदलीय सरकार बनाउन कुद्नुपर्ने अवस्था छैन,’ कार्कीले भने।

एमाले र काँग्रेसबाहेकका दलहरुले सरकार बिगार्नुभन्दा सरकारलाई बलियाे बनाउन सहयाेग गर्नुपर्ने बेला आएकाे उनकाे भनाइ छ।

काेशीमा एमालेकाे समर्थनमा पार्टी र सत्त गठबन्धनकाे निर्णयविपरीत केदार कार्की मुख्यमन्त्री बनेका छन्। यद्यपि, केदार कार्की सत्त गठबन्धनकै मुख्यमन्त्री रहेकाे दाबी प्रधानमन्त्री प्रचण्डकाे छ।

शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर काेइरालासँग छलफल गरेर चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले काेशी सरकार गठबन्धनकै रहेकाे र त्यही अनुसार देउवा र काेइरालासँग सहमति गरेकाे प्रतिक्रिया दिएका थिए।

तर, आइतबार दिउँसाे १ बजे सानाे आकारकाे मन्त्रीमण्डल बिस्तार गरेर सथप ग्रहण गर्न लागेका मुख्यमन्त्री कार्कीले एमालेबाट एक र काँग्रेसबाट एक जनालाई मन्त्रीमण्डलमा सहभागी गराउने तयारी गरेकाे बताइएकाे छ।

मुख्यमन्त्रीमा दाबी गरेका माओवादी माैन छ।

प्रकाशित मिति: : 2023-10-15 13:21:00

प्रतिकृया दिनुहोस्