विशाल केसी
मेरो घरमा लक्ष्मी आइन्
घर मेरो
परिवार हाम्रो सम्पुर्ण भयो।
तर लक्ष्मी,
तिमीले जुन धरामा जन्म लिएकी छौं
त्यहीँ तिमी सधैँ लक्ष्मी भएर नै बाँच्न सक्दिनौं।
त्यहीँ भएर तिमी आउँदा लक्ष्मीकाे रूपमा आए पनि
तिमीले काली रूप झट्टै लिनुपर्छ,
नत्र, यहाँ महिषासुरले तिमीलाई पछ्याउँदै
हिँड्ने गर्छ।
तिमी सीता भएर कुनै रामको पर्खाइमा नबस्नु
हनुमान आउने छैनन्, समुद्र तरेर तिम्रो खोजीमा
मेरी लक्ष्मी,
किनभने तिमी बैकुण्ठ धाममा होइन,
कलियुगको कालमा छौ।
तिमी द्रौपदी झै अपमान सहेर,
कुनै महाभारतको प्रतिक्षामा नबस्नु
तिम्रो लागि भीमसेनले दुशासनको छाती चिरेर
रगत ल्याउँन सक्तैन,
न कुनै गधा, युद्धले दुर्योधनको जङ्ग तोड्न सक्छ।
निर्वस्त्र आँखाहरूले तिमीलाई
निर्वस्त्र हेरिरहेका हुन्छन्।
त्यहीँ भएर तिमी वाशुदेवको आशामा पनि नपर्नु, मेरी लक्ष्मी।
म कहिले राजा जनक बनौलाँ,
त कहिले राजा ध्रुपद,
त्यहीँ भएर तिम्रो संरक्षण म गर्न सक्तिन,
मेरी लक्ष्मी।
अब तिमीले आफ्नो रूप आफै फेर्नुपर्छ,
न राम, न लक्ष्मण
न कृष्ण , न हनुमान
तिम्रो लागि यहाँ अरू कोही आउँदैनन्,
मेरी लक्षी।
तिमीलाई थाहा छ, मेरी लक्ष्मी !
कालखण्डमा निकै चर्को दिन आउँदैछ,
अब त्यहीँ भएर, मेरी लक्ष्मी
पुरुषको पाखुरामा बाच्ने आधार तिमीले त्याग्नु पर्छ।
तिमी अब रणचण्डी भएरै बाँच्नुपर्छ,
हातमा शास्त्रमात्र होइन,
अब अस्त्र पनि लिएर हिँड्नुपर्छ।
अनि महिषासुरको वध फेरि गर्नुपर्छ, मेरी लक्ष्मी।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया