काेशी सरकार गठन प्रक्रियाप्रति रविकाे टिप्पणी– केन्द्रमा पनि यस्तै हाेस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काेशी प्रदेशकाे सरकार गठनकाे प्रक्रियाजस्तै केन्द्रमा पनि हुनुपर्ने व्याङ्ग्यात्मक टिप्पणी गरेका छन्। काेशीकाे सरकार गठन प्रक्रियामा सक्रिय दलहरुलाई ‘महागठबन्धन’काे संज्ञा दिँदै यस्ताे टिप्पणी गरेका हुन्।

‘गत उप-निर्वाचनमा मलाई र डा.स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन् बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।’

उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिन्हसमेत एउटै हुने गरी महासहमति गर्न सुझाव दिएका छन्। ‘उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?’ उनले प्रश्न गरेका छन्।

काेशीमा विपक्षी दल एमाले र सत्तापक्षीय नेपाली काँग्रेस मिलेर नयाँ सरकार बनाएका छन।

प्रकाशित मिति: : 2023-10-14 12:29:00

प्रतिकृया दिनुहोस्