इजरायलमा फसेका दुईसय ५४ नेपाली नागरिक राति १ बजे जन्मभूमि फर्किएका छन्।
उनीहरू नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल आइपुगेका हुन्। उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायलसम्मै पुगेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसीसहित फर्किएका उनीहरू केही दिन तनावमै बाँचे। नेपालीहरू इजरायलमै १० जना साथी गुमाएका छन्।